२९ कार्तिक २०८१, बिहिबार

हरिनास गाउँपालिकाबाट हातहतिहार तथा खरखजना मुद्धाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति :  3 June, 2022 12:22 pm


स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट हातहतिहार तथा खरखजना मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनास गाउँपालिका ३ का ४१ वर्षीय तुल बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार फरार रहेका रानालाई जिल्ला अदालत स्याङ्जाले २०७८ असोजमा हातहतियार तथा खरखजना मुद्धामा ६ हजार रुपैँया जरिवाना र पाँच महिना कैद पैmसला सुनाएको थियो । फरार रहेका रानालाई गोप्य सुचनाको आधारमा प्रहरीले बिहीबार उनकै घरबाटै पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानीको लागि जिल्ला कारागार स्याङ्जा पठाएको जिल्ला प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !