४ आश्विन २०८१, शुक्रबार

साउन १ गतेसम्म सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट नराखे कारवाही

प्रकाशित मिति :  3 June, 2022 2:09 pm


काठमाडौं । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले असार मसान्त सम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले सचेत गराएको छ ।

बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ । इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गर्ने चेतावनी दिइएको छ ।

सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ । तर, पूर्ण कार्यान्वयन भएको थिएन । विभागले असार मसान्तसम्म सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अन्मित पटक समय दिएको भन्दै सूचना जारी गरेको छ ।

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित गुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

मोटरसाइकललगायत साना ठूला सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न पनि सवारी धनीलाई विभागले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !