७ मंसिर २०८१, शुक्रबार

सिमानामा रोकिएका नेपालीलाई घर जाने आज अन्तिम मौका,१४ दिन क्वारेन्टाईनमा बस्नै पर्ने

प्रकाशित मिति :  24 March, 2020 5:22 pm


काठमाण्डौं, ११ चैत ।  सरकारले भारतका विभिन्‍न स्थानबाट आएर दक्षिणी सीमाक्षेत्रमा जम्मा भएका नेपालीलाई घर जान मंगलबार अन्तिम मौका दिएको छ ।

भारतबाट फर्किएका नेपालीहरुको नाकामा चाप बढेपछि कोरोना रोकथाम उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आज अन्तिम मौका दिएको हो । समितिका सदस्य, अर्थमन्त्री तथा सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले बैठकपछिपत्रकारहरुसँग भने,‘भारतबाट आएका नेपालीहरु पूर्वदेखि पश्‍चिमसम्मको सीमाक्षेत्रमा जम्मा भएको हामीले जानकारी पाएका छौं,अहिलेलाई पश्चिमदेखि पूर्वसम्मकाका नाकामा जम्मा भएकाले नेपालीलाई आज अन्तिम पटक देशमा छिर्ने मौका दिएका छौं।’

तर सीमाबाट नेपाल प्रवेश गर्ने नेपालीले अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्‍नै पर्ने खतिवडाको भनाई छ । नेपाली हो भन्‍ने परिचयपत्र देखाएपछि मात्रै उनीहरुलाई प्रवेश दिइने खतिवडाले प्रष्ट पारे । उनले भने,‘तर उनीहरुले अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्‍नै पर्छ। त्यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर निगरानी गर्नेछ ।’



प्रतिक्रिया दिनुहोस !