११ मंसिर २०८१, मंगलबार

मन्दाकिनी हाइड्रोले असार १ गतेदेखि आइपीओ निष्काशन गर्ने

प्रकाशित मिति :  6 June, 2022 12:21 pm


काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आउँदो असार १ गते बुधबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ५ लाख ८८ हजार ३ हजार ७ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ करोड ६४ लाख ११ हजार रूपैयाँ बराबरको १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको थियो ।

यस आईपीओमा कम्पनीको आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !