१० मंसिर २०८१, सोमबार

पुतलीबजार नगरपालिकाको सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना

प्रकाशित मिति :  6 June, 2022 12:43 pm


स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा रक्त सञ्चार केन्द्र स्थापना भएको छ । पुतलीबजार नगरपालिका स्याङ्जाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको पहलमा जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।

आइतबार जिल्ला अस्पताल स्याङ्जामा एक कार्यक्रमकाबीच उक्त रक्त सञ्चार केन्द्रको शुभारम्भ गरिएको हो । रक्त सञ्चार केन्द्रको स्थापना तथा रक्तदान कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुल्सीराम रेग्मीले तत्काल १० लाख रूपैयाँको सहयोगबाट शुरूवात गरिएको ब्लड बैंकलाई थप सहयोग गर्दै लैजाने बताए ।

जिल्ला अस्पतालमै ब्लड बैंक सञ्चालनमा आएसंगै जिल्लाका डाईलाइसिस र अन्य विरामीहरू रगत खोज्नका अन्यत्र जान नपर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदार, नेपाली कांग्रेसका क्षेत्रीय सचिव मनोज मल्ल लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !