२ कार्तिक २०८१, शुक्रबार

कोरोना भाइरसबारे भ्रामक समाचार लेख्ने ७ अनलाईन बन्द, १७ सँग स्पष्टिकरण माग

प्रकाशित मिति :  24 March, 2020 7:11 pm


काठमाण्डौं, ११ चैत ।

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस ( कोभिड–१९) बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन र प्रसारण गर्ने सात वटा सञ्चार माध्यम बन्द गराएको छ ।

काउन्सिलले नेपाल दूर सञ्चार प्राधिकरणलाइ पत्र लेखेर नेपालमा ती अनलाइन हेर्न नमिल्ने गरी बन्द गराएको हो । काउन्सिलका कार्यवाहक किशोर श्रेष्ठले १७ वटा अनलाइन,टिभी र पत्रिकासङ्ग काउन्सिलले पत्रकार आचारसंहिताविपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको र सात वटा अनलाइन् बन्द गराएको जानकारी दिएका छन् ।

श्रेष्ठले आफ्नो फेसबुक पेजमा लेखेका छन्,‘जनस्वास्थ्यसम्बन्धी भ्रामक,उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन,टिभी र पत्रिकासङ्ग काउन्सिलले पत्रकार आचारसंहिताविपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको छ,दर्ता नभई सन्चालित अरु ७ वटा अनलाइनको प्रशारण नेपालभरि हेर्नै नमिल्ने बनाइएको छ ।’



प्रतिक्रिया दिनुहोस !