१२ मंसिर २०८१, बुधबार

सेयर धितो कर्जामा ४/१२ को नीति पुनरावलोकन गरी निकास दिनुपर्छ : अध्यक्ष हमाल

प्रकाशित मिति :  8 June, 2022 2:45 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले बजारको राष्ट बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेको सेयर धितो कजामा ४ १२ को नीतिमा पुनरावलोकन गर्दै निकास दिनुपर्ने बताएका छन् ।

धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवको अवसरका बोल्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाका लागि तय गरिएको नीतिगत व्यवस्थाका कारण धितोपत्र बजारमा असर परेको गुनासो लगानीकर्ताबाट पाएको सन्र्दभमा त्यस्तो नीतिको उचित मुल्यांकन सहित पुनरावलोकन गरि निकास दिनुपर्छ ।

अध्यक्ष हमालले बजार सुधारका लागि धितोपत्र बोर्ड र राष्ट्र बैंकलगायतका नियामक निकायसँगै निरन्तर छलफल भइरहेको बताए ।

उनले मर्जरमा जाँदा कारोबार रोक्का हुने समस्याको समाधानको ठोस पहल भईरहेकोले यसको छिट्टै सकारात्मक नतिजा आउने बताएका छन् ।

अध्यक्ष हमालले त्यस्तै उनले ४ महिना भित्र नेप्सेमा एसएमई प्ल्याटफर्मको सुरुवात गर्ने, ४ महिना भित्र विदेशमा रहेका नेपालीलाई आरक्षणको ब्यबस्था गर्ने र ४ महिना भित्र नै एनआरएनलाई पुँजीबजारमा ल्याउने काम भईसक्ने प्रतिवद्दता जनाए ।


रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको कच्चा तेलको मूल्य वृद्धि, नेपालभित्र तरलताको समस्या, बढ्दो ब्याजदरजस्ता कारणले सेयर बजारमा गिरावट आएको पनि उनले बताए।



प्रतिक्रिया दिनुहोस !