११ मंसिर २०८१, मंगलबार

रोल्पा र रुकुम (पूर्व) लाई अल्लो र कम्बलको हबको रुपमा विकास गरिने

प्रकाशित मिति :  8 June, 2022 7:03 pm


रूपन्देही । लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुम (पूर्व) लाई अल्लो र कम्बलको हबको रुपमा बिकास गर्दै लैजाने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आज पेश गरेको वर्षिक नीति तथा कार्यक्रम २०७९/८० मा रोल्पा र रुकुम (पूर्व)लाई अल्लो र कम्बरको हब प्यूठानलाई अल्लो, दाङलाई छालाजन्य वस्तु, गुल्मीलाई कफी, पाल्पालाई ढाका र करुवा, बर्दियालाई बेतबाँस र नवलपरासी (बर्दघाट सुस्ता पश्‍चिम) जिल्लालाई उखु एवं केरा उत्पादन हबको रुपमा विकास गर्दै लगिने उल्लेख छ ।

प्रदेशमा कागज उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने र परम्परागत शिल्प व्यवसायको प्रवर्द्धन र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !