लुम्बिनी प्रदेश सरकारले लालिगुराँस,चिउरी र काफलको प्रवद्र्धन गर्ने
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशका पहाडी क्षेत्रका उपयुक्त ठाउँमा लालिगुराँस,चिउरी र काफलको प्रवद्र्धन गर्ने भएको छ ।
प्रदेश सभामामा आज पेश भएको सरकारको नीति तथा कार्यक्रममा भनिएको छ,“प्रदेश भित्र पहाडी क्षेत्रका उपयुक्त स्थानमा लालिगुराँस, चिउरी र काफलको प्रवर्द्धन गरिनेछ ।”
सार्वजनिक क्षेत्रका आँप,वर,पिपलका बगैंचा जस्ता सम्पदा र वंशाणु स्रोेत र अभिलेखीकरण गरिने उल्लेख छ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,“हाम्रा अग्रज पुर्खाहरूको कठोर मेहनतले रोपी हुर्काई संरक्षण गरेका प्रदेशमा नमूनाकै रुपमा रहेका सार्वजनिक क्षेत्रका आँप, वर,पिपलका बगैंचा जस्ता सम्पदा र वंशाणु स्रोतको दिगो संरक्षण र अभिलेखीकरण गरिनेछ ।”
जलवायु परिवर्तन सम्बन्धी प्रादेशिक कार्य योजना तयार गरी कार्यान्वयन गरिने र वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
हरित विकासको अवधारणा र जलवायु उत्थानशील विकासलाई टेवा पु¥याउने गरी हरित रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।
यस्तै संघ र स्थानीय तहसँगको समन्वयमा ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ एवं प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र उपयोगका लागि नीतिगत, कानूनी र संस्थागत प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ ।