हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
बिहिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रही प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ ,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मघेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भूभागहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।