प्रतितोला ५०० रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर
प्रकाशित मिति : 9 June, 2022 10:57 am
काठमाडौं । नेपाली बजार बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ तोकिएको छ ।
बिहिबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार १२८० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिबार पनि सोही मुल्यमा कारोबार हुने महासंघले जनाएको छ ।