४ आश्विन २०८१, शुक्रबार

आजदेखि दोर्दी खोला जलविद्युतको आइपीओ निष्काशन

प्रकाशित मिति :  9 June, 2022 12:36 pm


काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले आज जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ए हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर मध्य ७ लाख ५६ हजार ४२० कित्ता मात्र बिक्रि भएकाले बाँकी २ लाख ९७ हजार ८४० कित्ता सेयर अब सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिएको हो ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिन्छ।

यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ ३१ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिमा सबै सेयर बिक्री नभएमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले उक्त आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !