१२ मंसिर २०८१, बुधबार

आज निर्जला एकादशी, तुलसीको बीज छर्ने दिन

प्रकाशित मिति :  10 June, 2022 7:22 am


काठमाडोैं । आज जेष्ठ शुक्ल एकादशी अर्थात तुलसीको बीज छर्ने दिन । आजको दिनमा हिन्दू धर्मालम्बीहरुले आफ्नो घरका तुलसीको मठमा तुलसीको बीज (दल) राखी चोखो खाएर ब्रत बस्ने चलन रही आएको छ ।

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बीज राखी निर्जला एकादशी पर्व मनाउँदै आइएको हो । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको बीज राख्ने गरिन्छ ।

निर्जला एकादशीकारुपमा मानिन यस दिनमा भक्तहरुले पानी समेत नखाइ ब्रत बस्नाले सबै मनोकामना पूरा हुने विश्वास रही आएको छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनि विभिन्न पुराणमा उल्लेख गरिएको छ।

आजको दिनलाई बर्षभरीमा पर्ने एकादशीमध्येको विषेश दिन मानिन्छ । घरका मठलाई सफा गरी माटो खुकुलो पारी आजका दिन छरिएका बीजहरु अंकुर भइ आषाढ शुक्ल एकादशीका अर्थात हरिशयनी एकादशीका दिन रोप्ने गरिन्छ ।

हिन्दु धर्ममा मनाइने मध्येका ठूला तीन एकादशीमध्ये निर्जला एकादशीका दिन हरिको जयजयकार गरी स्मरण गर्ने गरिन्छ । हिन्दु धर्ममा तुलसीलाईले विष्णु भगवानको स्वरुप मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !