१२ मंसिर २०८१, बुधबार

पृथ्वी राजमार्ग भासिएको सडक नजिकै नदी किनारमा दुई जनाको शव भेटियो

प्रकाशित मिति :  10 June, 2022 11:12 am


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव भेटिएको छ ।

निरन्तर परेको वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।”

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।



प्रतिक्रिया दिनुहोस !