१२ मंसिर २०८१, बुधबार

शुक्रबार १४ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब मुनि

प्रकाशित मिति :  10 June, 2022 4:02 pm


काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । शुक्रबार नेप्से परिसूचक १४ अंकले घटेको छ भने कारोबार रकम पनि १ अर्ब मुनि खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३१ अंकले घटेर ३९२.०६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

शुक्रबार कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

उपकार लघुवित्त, ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ३ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै आज दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ५.७५ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको ३० लाख ४५ हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८९ करोड ४१ लाख २४ हजार एक सय १४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !