११ मंसिर २०८१, मंगलबार

१९ बुँदे मागसहित लगानीकर्ताले गरे बृहत प्रर्दशन, मर्चेन्ट बैंक र ब्रोकरहरु पनि सहभागी

प्रकाशित मिति :  10 June, 2022 4:50 pm


काठमाडौं । काठमाडौं । पुँजीबजार सुधार र विकासको माग राख्दै आज लगानीकर्ताहरुले बृहत प्रर्दशन गरेका छन् । शुक्रबार दिउँसो आन्दोलनरत लगानीकर्ताहरु माइतिघर मण्डलाबाट वृहत याली सहित बानेश्वर पुगेका छन् ।

यालीमा लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । हिजो देखि नै लगानीकर्ता संघ संगठनका अध्यक्षहरु तथा सक्रिय लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत एकताबद्ध भएर उक्त प्रर्दशनमा सहभागि हुन आव्हान गरेका थिए ।

प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरुले पुँजीबजारमैत्री नीति लागू गर्न, नीतिगत भ्रष्टाचार अन्त्य गर्न, बैंकलाई ब्रोकर लाइसेन्स दिन, सीसीडी रेसिया कायम गर्न, ४–१२ को क्याप हटाउन, बोनसमा लाभांश कर हटाउन, पुँजीगत लाभकर कम गर्न, स्थिर ब्याजदर कायम गर्न, १९ बुँदे माग पूरा गर्नजस्ता माग गरेका छन्।

आजको वृहत प्रर्दशनमा विभिन्न संघ संगठनहित, मर्चेन्ट बैंक र ब्रोकरहरूको समेत बाक्लो उपस्थिती रहेको छ ।
गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत छन्।



प्रतिक्रिया दिनुहोस !