रू १८८ अर्ब २२ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत
काठमाडौं । वैशाख मसान्तसम्ममा थप १८८ अर्ब २२ करोड रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको छ । शुत्
आर्थिक वर्ष २०७८/७९ को दश महिनासम्ममा रु.५४ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, ४९ अर्ब ३४ करोड बराबरको बोनस सेयर, रु.४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.२२ अर्ब ७ करोड बराबरको साधारण सेयर, रु.९ अर्ब ४० करोड बराबरको हकप्रद सेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.१८८ अर्ब २२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु.४ अर्ब ५५ करोड बराबरको साधारण सेयर र रु.३ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर गरी कुल रु. १८ अर्ब बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
२०७९ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२९ पुगेको छ ।
सूूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४८ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्।
२०७७ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।