४ आश्विन २०८१, शुक्रबार

पुतलीबजार नगरपालिकाबाट लागुऔषधसहित एक जना प्रकाउ

प्रकाशित मिति :  10 June, 2022 5:55 pm


स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की पोखरालेखनाथ महानगरपालिका वडा नम्बर १७ छोरेपाटन बस्ने ३२ वर्ष विजय परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले बिहीबार दिउँसो ३ बजे पुतलीबजार नगरपालिका वडा नम्बर १ तीनधारेस्थित सिद्धार्थ राजमार्गमा सुनौलीदेखि पोखरातर्फ आउँदै गरेको लु १ ख ९०७७ नम्बरको बस चेकजाच गर्ने क्रममा बसमा सवार परियारको साथबाट लागुऔषध ९४५ एम्पुल, नुर्फिन ४५ एम्पुल, फेनरागन ४५० बरामद गरेको हो ।

प्रहरीले परियारलाई नियन्त्रणमा लिई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !