४ आश्विन २०८१, शुक्रबार

बाह्र वर्षीय आयुष्मा जो नाङ्गलो बनाएर कमाउछिन दैनिक हजार रुपैँया

प्रकाशित मिति :  11 June, 2022 2:28 pm


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा बिक्रीका लागि राखिएका बाँसका घरायसी सामग्री । बजारमा रबरका सामग्री आएपछि बाँसबाट बनेका घरायसी सामग्री विस्थापित हुँदै गएको छ । तस्बिर: केदार मगर/रासस

तनहुँ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाई गर्दै आएकी छिन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्याम नजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन् । स्थानीय अकला आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत उनले बाँसबाट विभिन्न सामान बनाएर बिक्री गरी घरपरिवारको खर्चका लागि सहयोगसमेत गर्दै आएकी छिन् ।

बाँसको चोयाबाट निर्मित नाङ्गलो प्रतिगोटा रु दुई सयदेखि रु तीन सयसम्म बिक्री गर्ने गरिएको आयुष्माकी आमा सावित्रीले जानकारी दिइन् । छोरीले शनिबार र आइतबार बिदाका दिनमा पाँच/छ वटासम्म नाङ्गलो बुन्ने गरेकी र अन्य दिनमा पनि बिहान–बेलुका फुर्सदको समय उपयोग गर्ने गरेको उनले बताइन् ।

दिनमा पाँचवटासम्म नाङ्गलो बुन्ने र दिनमा रु एक हजारका दरले कमाई गर्दा मासिक रु तीस हजारसम्म कमाई गर्न सकिन्छ । उनले भनिन्, “हाम्रो पुख्र्यौली पेसा भनेकै नाङ्गलो, डोका, थुन्से र डालो बनाएर बिक्री गर्ने हो र यसैबाट जीविकोपार्जन गर्न बाध्य छौँ ।” त्यस क्षेत्रका अधिकांश भुजेल समुदायले आफ्नो पुख्र्यौली पेसालाई नै अँगाल्दै आएका र केही व्यक्ति भने वैकल्पिक पेसातर्फ पनि लाग्न थालेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस !