मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान मशाशाखाले उल्लेख गरेको छ ।
नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू-भागमा आन्शिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा सामान्य देखि आंशिक बदली रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।