बालेनले गरे मानवसेवा आश्रमको अवलोकन
प्रकाशित मिति : 13 June, 2022 11:16 am
हेटौंडा । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले हेटौंडामा रहेको मानवसेवा आश्रमको मुख्य कार्यालय अवलोकन गरेका छन्।
बाग्मती प्रदेशका सबै स्थानीयतहका प्रमुख र उपप्रमुख स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि हेटौंडा गएका बेला काठमाडौंका प्रमुख र उपप्रमुखले अवलेकलन गरेका हुन् । कार्यक्रम सोमबार र मंगलबार चल्नेछ ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक र केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाण्डौ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराएका थिए ।