४ आश्विन २०८१, शुक्रबार

बारामा १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक प्रकाउ

प्रकाशित मिति :  13 June, 2022 2:56 pm


बारा । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउापालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीय किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !