३ माघ २०८१, बिहिबार

अर्थमन्त्रालयले गर्‍यो आरोपको खण्डन

प्रकाशित मिति :  13 June, 2022 5:56 pm


काठमाडौं । अर्थमन्त्रालयले मन्त्रालय र अर्थमन्त्रीलाई लागेको आरोपको खण्डन गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले सोमबार “मध्यराति बजेटमा जब चुकुल लाग्यो” शिर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर समाचार प्रकाशन गरेको थियो। मन्त्रालयले सोमबार आफु र अर्थमन्त्री विरुद्ध लागेको आरोप विज्ञप्ती निकालेर खण्डन गरेको छ ।

अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसंग सम्वन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

“आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्वन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधि भित्र रहेर निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरुको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरु प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ । आर्थिक वर्ष २०७९ ८० को बजेट मूलत आयातमूखी अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै सुदृढ अर्थतन्त्र निर्माणतर्फ निर्देशित रहेको र सो बमोजिम करका दरहरुमा केही संशोधन सहित प्रस्तावित आर्थिक विधेयक लगायतका बजेट सम्वद्व अन्य विधेयकहरु हाल संघीय संसदको दुवै सदनमा छलफलका क्रममा रहेको छ ।” विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !