स्थानीय सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य: नगरप्रमुख खाँण
प्रकाशित मिति : 14 June, 2022 11:54 am
स्याङ्जा । वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले स्थानीय सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य हुनुपर्ने बताएका छन् ।
मेडिक मोबाइलको सहयोग, स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय तथा वालिङ नगरपालिकाद्वारा आयोजित मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमको अभिमुखिकरण तथा समीक्षा बैठकमा बोल्दै नगरप्रमुख खाँणले स्वास्थ्य क्षेत्रको विकास नै अन्य विकासको आधारस्तम्भ भएको बताएका छन् ।
नगरप्रमुख खाँणले स्थानिय सरकारको प्रथम लक्ष्य नागरिकको स्वास्थ्य ध्यान दिनुपर्ने भन्दै वालिङ नगरपालिकाले नागरिकको स्वास्थ्य सबल बनाउन सबै उपाय अबलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,“स्वस्थ नागरिकबाट स्वस्थ जनशक्ति उत्पादन हुन सक्छ । स्वस्थ जनशक्तिले मात्र विकास निर्माणका काममा योगदान दिन सक्छ ।’’