३० कार्तिक २०८१, शुक्रबार

सवारी चालक अनुमति पत्रमा वर्ग थपकाे आवेदन खुल्यो

प्रकाशित मिति :  14 June, 2022 12:51 pm


काठमाडौं । सोमबार बेलुकी ९ बजे देखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्न सकिने व्यवस्था प्रारम्भ गरेको छ ।

विभागले एक सूचना प्रकाशित गरी अनुमति पत्रमा वर्ग थप गर्न सक्ने जानकारी दिएको थियो । २०७८ चैत १ गतेदेखि बन्द रहेको ड्राइभिङ लाइसेनस अनलाइन फारम विभागले गत २०७९ जेठ १६ गतेदेखि सञ्चालनमा ल्याएको थियो ।

वर्ग थपको लागि अनलाइन आवेदन दिने सेवाग्राहीका लागि नेपाल टेलिकमबाट ओटीपी वान टाइम पासवर्ड प्रदान हुन्छ ।

विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा लाइसेन्सको अनलाइन आवेदन दिन सर्भर तयार गरेको हो ।



प्रतिक्रिया दिनुहोस !