१० मंसिर २०८१, सोमबार

सिक्किममा कबड्डी ४ को प्रर्दशनीमा रोक

प्रकाशित मिति :  14 June, 2022 2:31 pm


काठमाडौं । सिक्किममा कबड्डी ४को प्रर्दशनी नहुने भएको छ । आगामी शुक्रबारदेखि सिक्किमका सबै हलमा कबड्डी ४ को प्रदर्शनी मिति तोकिए पनि सिक्किम राज्यले उक्त फिल्म प्रर्दशनीमा रोक लगाएको छ ।

मंगलबार बिहान सिक्किममा मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सिक्किममा कबड्डी ४ को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले दिएको जानकारी गराएका छन्।

सामाजिक सञ्जालमार्फत मुख्य मन्त्री गोलेले भनेका छन् ः विवाद स्वीकार्य रूपमा समाधान नभएसम्म सिक्किमका जनता र विभिन्न सङ्घ(संस्थाहरूका भावनालाई ध्यानमा राख्दै राज्य सरकारले सिक्किममा कबड्डी ४ को प्रदर्शनीमा रोक लगाउने निर्णय गरेको छ ।’

ेकबड्डी ४ की नायिका मिरुना मङ्गर र र फुर्बा लामाबिचको विवाद स्वीकार्य ढङ्गमा समाधान नभएसम्म राज्यमा यस फिल्मको प्रदर्शनीमाथि रोक लगाइएको मुख्यमन्त्री गोलेले जानकारी गराएका छन्।



प्रतिक्रिया दिनुहोस !