आज सातै प्रदेशले बजेट ल्याउँदै
प्रकाशित मिति : 15 June, 2022 8:53 am
काठमाडौं । आज मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९\८० को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।
सातै प्रदेशले कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् ।