४ आश्विन २०८१, शुक्रबार

करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

प्रकाशित मिति :  15 June, 2022 12:02 pm


स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लगाएर माछा मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोलास्थित प्यारासिङखोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीलेले जनाएको छ ।

पक्राउ पर्नेमा स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय अर्जुन थापा, सोही ठाउँका ३८ वर्षीय डिल बहादुर गुरुङ, बिरुवा गाउँपालिका २ का २४ वर्षीय बिशाल थापा र सोही ठाउँका २३ वर्षीय युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले १२ भोल्टको ब्याट्री १ थान,मोटर १ थान,मारेको माछा २ केजी र तारसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।



प्रतिक्रिया दिनुहोस !