धितोपत्र बोर्ड अगाडी सडकबाटै तिलक कोइरालाको आमरण अनसन सुरु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ढोका नखोलेपछि सडकबाटै तिलक कोइरालाको आमरण अनसन सुरू भएको छ । पूँजी बजार विकास विस्तारका विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईराला आजदेखि आमरण अनसन सुरू गरेका हुन् ।
कोइरालाले साढे ११ बजेबाट खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गरेका हुन्। कोइरालाको यो तेस्रो आमरण अनशन हो।
यो आमरण अनसन सरकारले गर्छु भनेको कामहरू पुरा नगरेसम्म जारी रहने कोइरालाले बताएका छन् । यो आमरण अनसन ५२ लाख लगानीकर्ताहरूको साझा एजेन्डा र अन्तिम निर्णायक लडाईँ भएको उनले बताएका छन् ।
५२ लाख लगानीकर्ताहरूका लागि आफू पछि नहट्ने बताउँदै पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताए। अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।