११ मंसिर २०८१, मंगलबार

१९६६ अंकमा झर्यो नेप्से परिसूचक

प्रकाशित मिति :  15 June, 2022 3:33 pm


काठमाडौं । सेयर बजारको गिरावटले बुधबार पनि निरन्तरता लिएको छ । बुधबार पनि सेयर बजारको ओरालो यात्रामा नै निरन्तरता छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ३७८.९० अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १२ करोड ५७ लाख १४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आजको दिन दुईओटा लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन् । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज दिन बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.७६ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !