११ मंसिर २०८१, मंगलबार

बागमती प्रदेशको बजेट ७१ अर्ब [पूर्ण पाठ]

प्रकाशित मिति :  15 June, 2022 6:26 pm


काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक गरेकाे छ । प्रदेश सरकारले आगामी वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैँया विनियोजन गरेको छ ।

कुल बजेट मध्ये चालुतर्फ १९ अर्ब ०२ करोड ४१ लाख रुपैँया र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैँया बजेट विनियोजन गरेको छ । भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड २७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरेको छ । चालुतर्फ २७ प्रतिशत, पुँजीगततर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरणतर्फ, ११.७७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत बजेट विनियोजन गरेको हाे ।

खर्च स्रोतमध्ये २६ अर्ब ९७ अर्ब करोड ११ लाख कर राजस्वबाट , ६ अर्ब २२ करोड ४४ लाख अन्य राजस्वबाट, संघिय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८६ लाख रुपैँया र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैँया व्यहोरिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !