लुम्बिनी प्रदेश सरकारकाे बजेट रू. ४२ अर्ब ६३ करोड [पूर्ण पाठ]
प्रकाशित मिति : 15 June, 2022 7:06 pm
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभामा आज आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० का लागि रू ४२ अर्ब ६३ करोड ५७ लाख को बजेट पेश गरेका हुन् ।
कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत प्रस्ताव गरिएको छ । यस्तै वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।
कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।