१२ मंसिर २०८१, बुधबार

आजको मौसम पूर्वानुमान

प्रकाशित मिति :  16 June, 2022 7:28 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १,मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ । यी प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !