नेप्सेमा दर्ता हुन योग्य संस्थागत लगानीकर्तालाई आग्रह
प्रकाशित मिति : 16 June, 2022 1:11 pm
काठमाडौं । धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन नेपाल स्टक एक्सचेन्जले आग्रह गरेको छ ।
नेप्सेले आज एक सूचना प्रकाशित गर्दै बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्तालाई सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नुपर्ने जानकारी गराएको हो।
नेप्सेले त्यस्ता संस्थागत लगानीकर्तालाई १० दिनभित्र नेप्सेमा दर्ता हुन आउन सूचनामा आग्रह गरिएको छ ।
नेप्सेमा निवेदन दर्ताका लागि, नेपाल धितोपत्र बोर्डबाट प्राप्त योग्य संस्थागत लगानीकर्ताको स्वीकृतिपत्र, नेप्सेमा दर्ता गर्ने सम्बन्धमा व्यवस्थापनको निर्णय र आवश्यक पर्ने शुल्क नेप्सेको खातामा बुझाएको सक्कल भौचर पनि पेस गर्न नेप्सेले आग्रह गरेको छ ।