बुक बिल्डिङ प्रणाली मार्फत आइपीओ निष्काशन गर्न ‘रोड शो’ गर्दै सर्वोत्तम सिमेन्ट
काठमाडौं । बुक बिल्डिङ प्रणाली मार्फत आइपीओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले गर्न रोड शो गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न अनुमति पाएका संस्थाहरुसँग लागि छलफल कार्यक्रम (रोड शो) गर्ने भएको हो ।
कम्पनीले बिहीबार एक सूचना प्रकाशित गर्दै यही असार १९ गते र्याडिसन होटल लाजिम्पाटमा दिउँसो ३ः १५ बजे रोड शो कार्यक्रम आयोजना गरिने जनाएको छ ।
इच्छुक स्वीकृति प्राप्त संस्थालाई रोड शो कार्यक्रममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।
कार्यक्रममा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा (८)को व्यवस्थाअनुरुप आशय मूल्य (योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्यांकनको विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सोसमेत) प्राप्त गर्नेछ ।
छलफलमा उपस्थित हुन इच्छुक संस्थाहरुले प्रारम्भिक विवरणपत्र (धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम (५) बमोजिमको विवरण, निष्कासन गरिने धितोपत्रको संख्या, धितोपत्रको अनुमानित मूल्य, मूल्यांकनका आधार र औचितसमेत) र संस्थाको ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण ल्याउनुपर्नेछ ।
बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमआई क्यापिटललाई नियुक्त गरेको छ ।