१० मंसिर २०८१, सोमबार

अब ब्रोकरहरुले आफ्नै टीएमएस चलाउन पाउने

प्रकाशित मिति :  16 June, 2022 3:28 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितीले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को (तेस्रो संशोधन) पारित गरेसँगै अब धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) चलाउन पाउने भएका छन् ।

हालसम्म ब्रोकरहरुले नेप्सेकै टिएमएस प्रणाली चलाई रहेका ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन माग गरिरहेका थिए । ब्रोकरले आफ्नै टिएमएस जडान गर्न सक्ने गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले विनियमावली संशोधन गरेको हो ।

‘विनियमावली सेबोनबाट स्वीकृत भएर आएपछि कार्यविधि पनि बनाउनु पर्ने थियो।’ नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले भने,’यो कार्यविधि बनाउन हामीलाई समय लागेको हो। आज कार्यविधि र विनियमावलीसँगै स्वीकृत गरिएको छ। यो आइतबारदेखि कार्यान्वयनमा आउनेछ।’



प्रतिक्रिया दिनुहोस !