१२ मंसिर २०८१, बुधबार

सेयरबजारमा राहत, १२ अंकले बढ्यो नेप्से

प्रकाशित मिति :  16 June, 2022 3:52 pm


काठमाडौं । निरन्तर घटेको सेयरबजार आज भने सामान्य अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ३.१० अंकले बढेर ३८२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स समूह र लगानी समूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

बिहीबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १३ करोड ८८ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । रिभर फल्स ९.९७ प्रतिशत र सामुदायिक लघुवित्त ९.९६ प्रतिशततले बेढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ३.८० प्रतिशतले घटेको छ ।

कूल २२१ वटा कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५ सय १९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !