१० मंसिर २०८१, सोमबार

कर नबुझाएका सवारीले आगामी फागुन मसान्तसम्म कर बुझाए जरिवाना छुट

प्रकाशित मिति :  16 June, 2022 5:42 pm


काठमाडौं । बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटरको कर फागुन मसान्तसम्ममा तिर्नेलाई लागेको सम्पूर्ण जरिवाना मिनाह गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९ र ८० को बजेटमा प्रदेश सरकारले पुरानो कर तिर्न बाँकी रहेका सवारीधनीलाई सहुलियत दिन यो सम्पूर्ण कर तिर्दा लाग्ने जरिवानामा छुट दिने भएको हो ।

बुधबार प्रदेश सभा बैठकमा आर्थिक मामिल तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले ‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एबं अन्य दुई पाङ्ग्रे सवारीसाधनको कर सम्बत २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको बताएका हुन् ।

प्रदेश सरकारले बागमतीमा दर्ता भएका सवारीसाधनले बीचमा कर तिर्न छाडेको, नभ्याएको र छोडेको हकमा बिना जरीवाना तिर्ने व्यवस्था मिलाएको हो ।



प्रतिक्रिया दिनुहोस !