१० मंसिर २०८१, सोमबार

‘व्यापार घाटा न्यूनीकरण गर्न मुलुकका लागि चुनौती’

प्रकाशित मिति :  16 June, 2022 6:34 pm


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले व्यापार घाटा न्यूनीकरण गर्न मुलुकका लागि चुनौती भएको बताएका छन् । विहिबार नेपाल चेम्बर एक्स्पो २०२२ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न आग्रह गरेका छन् ।

“निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भवन हुँदैन,” उनले भने,“निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।” प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने उनले बताए ।

एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो बस्तुको बजार बिस्तार गर्न सहयोग पुर्‍याउनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड-१९ पछिको असहज परिस्थितीकाबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाई छ ।

उनले भने, “एक्स्पोलाई चेम्बरले अवदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि निवेदन गर्छु ।” मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !