१२ मंसिर २०८१, बुधबार

आज बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै

प्रकाशित मिति :  17 June, 2022 12:16 pm


काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट गर्दैछ । शेयर निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज अपराह्न ३ बजे कम्पनीको सेयर बाँडफाँट हुनेछ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ ।

बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट हुनेछ । कम्पनीको आईपीओ १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार एक लाख ३६ हजार ५०० जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !