१२ मंसिर २०८१, बुधबार

नुवाकोटमा खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

प्रकाशित मिति :  17 June, 2022 1:46 pm


नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ ।

तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा स्कु्रटरबाट लडेर ३५ वर्षीय आचार्यको मृत्यु भएको हो ।

उनले चलाएको स्कुटर अनियन्त्रित भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनलाई घटनास्थलभन्दा ५०० मीटर तलबाट उद्धार गरे पनि बचाउन नसकेको प्रहरीले जनाएको छ । उनी सुन्दरा माध्यमिक विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत थिइन् ।



प्रतिक्रिया दिनुहोस !