२ घण्टा बजार खुल्दा ७३ करोडको कारोबार
आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्र
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । लामो समयको निरन्तर गिरावटबीच हिजो बिहीवार सामान्य राहत महशुस गरेका लगानीकर्ताको मनोवल एक दिन पनि टिकेन ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शुक्रवार सेयर कारोबार मापक नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१.३६ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ०.६९ अंकले घटेर ३८१.१४ अंकमा झरेको छ ।नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
शुक्रबार कारोबार रकमका आधारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड १४ लाख ७० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।कूल २२० वटा कम्पनीको २३ लाख ५४ हजार ९ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।त्यस्तै आज रिभर फल्स पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.९३ प्रतिशतले घटेको छ ।