१० मंसिर २०८१, सोमबार

वालिङ नगरपालिकाद्धारा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

प्रकाशित मिति :  19 June, 2022 2:24 pm


स्याङ्जा । वालिङ नगरपालिकाले बृहत् निशुल्क प्रजनन स्वास्थ्य शिविरको आयोजना गरी गाउँघरमै स्वास्थ्य सेवा प्रवाह गरेको छ ।

आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका महिलाहरु टाढा टाढा अस्पतालमा गई स्वास्थ्य जाँच गराउँन नसकिरहेका बेला नगरपालिकाले ग्रामीण स्तरमै प्रजनन स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर स्क्रिनिङ, आङ खस्ने समस्या, यौन रोग तथा आँखा जाँच शिविरको आयोजना गरेको हो ।

वालिङ १० मा आयोजित शिविरको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा मन्त्री अधिकारीले महिलाहरु आफनो स्वास्थ्यमा सचेत हुनुपर्ने बताए ।

दुरदराजमा रहेका महिलाहरुमा अझै पनि रोग लुकाएर बस्ने समस्या रहेकाले महिलाहरुमा स्वास्थ्य सचेतनाको विकास हुनुपर्ने मन्त्री अधिकारीले जोड दिए । साथै मन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकाले सहज स्वास्थ्यको पहँचमा पुर्‍याउन सरकार लागी परेको बताए ।

कार्यक्रममा उपप्रमुख कविता तिवारीले महिलाहरु स्वस्थ भए परिवार नै स्वस्थ हुने भन्दै शिविरको आयोजना गरी महिलाहरुलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउने प्रयास गरेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !