१० मंसिर २०८१, सोमबार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित हुनुको कारण सोध्ने समितिको निर्णय

प्रकाशित मिति :  19 June, 2022 3:09 pm


काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

आइताबार बसेको समिति बैठकले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले उक्त बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समितिले डाकेको बैठकमा प्रधानमन्त्रीको उपस्थिति नभएपछि एमाले सांसद ईश्वर पोखरेलले समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक भएको बताएका थिए। अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई इग्नोर गर्न नमिल्ने उल्लेख गरेका थिए।

त्यसैगरि समिति सभापति पवित्रा निरौला खरेलले लामो छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरिन् ।



प्रतिक्रिया दिनुहोस !