११ मंसिर २०८१, मंगलबार

सेबोन कर्मचारी यूनियनले भन्यो : बजार सुधारको लागि अनशन नै बस्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था

प्रकाशित मिति :  19 June, 2022 3:43 pm


नियामक निकाय नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले सेयर बजार सुधारको लागि आन्दोलन नै गर्नुपर्ने दुर्भाग्य पूर्ण अवस्था रहेको बताएको छ ।
आइतबार यूनियनले एक विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुले नीतिगत सुधारको माग राख्दै आमरण अनसनसम्म बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको अवस्था रहेको बताएको हो ।

लगानीकर्ताहरुबाट राखिएका कैयन मागहरु बोर्डको कार्यक्षेत्र भन्दा बाहिर समेत रहेको हुँदा वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालय समेतको पहलकदमीमा मात्रै सम्बोधन हुन सक्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

युनियले विज्ञप्ती मार्फत भनेको छ : “बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित मागहरु यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य मागहरु सम्बोधन गर्न नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।”

धितोपत्र बोर्डको कार्यालय परिसर बाहिर लगानीकर्ता तिलक कोइरालाले जारी राखेको अनशनलाई कर्मचारी युनियनले गम्भिरतापूर्वक लिएको जनाएको छ ।
साथै आमरण अनसनमा बस्नु भएका लगानीकर्ताको जिउधनको स्रक्षा गर्न एवं बोर्डका कर्मचारीहरुलाई सुरक्षीत कार्यस्थलको प्रत्याभूत गराउन यस यूनियन निर्णयानुसार जोडदार माग गर्दछ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !