१० मंसिर २०८१, सोमबार

एनएमबि बैंकले ल्यायो डबल मुद्दती योजना

प्रकाशित मिति :  19 June, 2022 7:00 pm


काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुको लागि मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले (एनएमबि डबल मुद्दती) र (एनएमबि जन्मभूमि डबल मुद्दती) योजना सार्वजनिक गरेको हो । (एनएमबि डबल मुद्दती योजना) अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा त्योभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनामा (करिब ६ वर्ष ४ महिना)पछि सो रकम डबल हुने बैंकले जनाएको छ ।

वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा (एनएमबि जन्मभूमि डबल मुद्दती योजना) अन्र्तगत ७० महिना (करिब ५ वर्ष ८ महिना) सो रकम डबल हुने बैंकले जानकारी दिएको छ ।

उक्त योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशत सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशत सम्म कर्जा पाउन सकिने बैंकले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !