आजदेखि पेट्रोलमा २१ र डिजेलमा २७ रूपैयाँ मूल्यवृद्धि
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ मूल्यवृद्धि गरेकाे छ।
यससँगै आजदेखि पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ। हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ।
खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। हाल एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रूपैयाँ छ।
निमगले १० दिन अधि मात्रै पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो। भारतीय आयल कर्पोरेसन (आईओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको निगमले बताएको छ।