११ मंसिर २०८१, मंगलबार

सवारी दुर्घटनालाई कम गर्न सैनामैनामा ‘रिफ्रेस सेन्टर’ सञ्चालन

प्रकाशित मिति :  20 June, 2022 12:57 pm


सैनामैना । रुपन्देहीको सैनामैना – ५मा रिफ्रेस सेन्टर सञ्चालनमा आएको छ । दैनिकरुपमा बढीरहेको सवारी दुर्घटनालाई न्युनिकरण गर्नको लागि रुपन्देहीको सैनामैना- ५मा रहेको गैरे हाईवे पेट्रोल पम्पमा रिफ्रेस सेन्टर सञ्चालन ल्याइएको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको विशेष पहलमा विशेषगरी रात्रिकालिन समयमा लामो यात्रामा चल्ने सवारी चालक र यात्रुलाई केन्द्रित गरी उक्त रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको हाे ।

आइतबार राति १० बजेदेखि ईलाका प्रहरी कार्यलय सालझण्डीका प्रमुख प्रहरी निरिक्षक जगन्नाथ मरासिनिले औपचारिक रुपमा उक्त सेन्टरको शुभारम्भ गरेका छन् ।

आइतबारबाटनै ‘यात्रु र चालकसँग १ मिनेट’ कार्यक्रम अन्तरगत ३९ वटा यात्रुवाहक बसका चालक, सहचालक र यात्रु गरी ११७० जनालाई सवारी चालक र यात्रुले यात्राका क्रममा ध्यान दिनुपर्ने कुराको बिषयमा सचेत गराइएको थियो । यात्रुहरुका लागि पिउने पानी , शौचालय, स्नान गृह र पार्किङ सहितको व्यवस्था रहेको प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !