५ आश्विन २०८१, शनिबार

नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहालको दाबी

प्रकाशित मिति :  20 June, 2022 6:10 pm


काठमाडौं । नेपाल डेरी एसोसियशनको अध्यक्षमा प्रल्हाद दाहालले दाबी गरेका छन् ।

तीन कार्यकाल महासचिव भइसकेका दाहालले यस पटक अध्यक्षमा दाबी गरेका हुन् । एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटौडामा यही असार १० र ११ गते हुँदैछ ।

दाहालले लुम्बिनी सञ्चारसँग भने,“ तीन कार्यकाल महासचिव भइसकेकाले स्वाभाविक रुपमा अध्यक्षमा मेरो दाबी हुन्छ, यद्यपी केही साथी आकांक्षी हुन सक्ने भएकाले सहमतिबाटै निर्णय होस भन्ने अपेक्षा छ ।”

दाहालले एसोसिएशनमा एक कार्यकाल केन्द्रीय सदस्य, तीन कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गरिसकेका छन् । हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर,काभ्रेका सञ्चालक समेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य रहिसकेका छन् ।

दाहाल एसोसिएशनको महासचिव र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य हुन् । यसअघि कृषि क्षेत्रमा बैदेशिक लगानी भित्राउने तयारी भएपछि स्वदेशी उद्योग धरापमा पर्ने भन्दै दाहालले एसोसिएशनको महासचिवको रुपमा ५२ संस्थाको नेतृत्व गर्दै आन्दोलनको नेतृत्व गरेका थिए ।

दाहालले भने,“ यसै संस्थामा झण्डै २ दशक विभिन्न पदमा रहेर नेतृत्व गरिसकेको छु त्यसैले यसपटक अध्यक्षमा मेरो स्वत दाबी हुन्छ ।” एसोसिएशनमा देशभर २५० डेरी उद्योगी संलग्न छन् ।



प्रतिक्रिया दिनुहोस !