आन्तरिक हवाई सेवाको भाडा वृद्धि, कुन रुटमा कति ?
काठमाडौं । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी र सबैभन्दा थोरै काठमाडौबाट सिमरा १६० रुपैयाँ भाडा बढी लाग्ने भएको छ ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँ, काठमाडौं भद्रपुर ५५०, काठमाडौं विराटनगर ४५५, काठमाडौं जनकपुर २४५ रुपैयाँसम्म वृद्धि भएको छ ।
त्यस्तै काठमाडौंबाट पोखरा ३०० रुपैयाँ, काठमाडौं भैरावहा ३९५रुपैयाँ, काठमाडौं नेपालगन्ज ६२० रुपैयाँ, काठमाडौं धनगढी ८४० रुपैयाँ, काठमाडौं सिमरा १७० रुपैयाँ र काठमाडौं तुम्लिङटार ३५० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याएको छ ।